इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड लाई साउथह्याम्पटनले बराबरीमा रोक्यो — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड लाई साउथह्याम्पटनले बराबरीमा रोक्यो

LC (KTM) August 22, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत आज भएको खेलमा म्यानचेस्टर युनाईटेड साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युनाईटेड लाई साउथह्याम्पटनले एक एक गोलको बराबरीमा रोक्न सफल भएको हो । घरेलु मैदानको फाइदा उठाउँदै साउथह्याम्पटनले खेलमा अग्रता बनाएको थियो ।

उसले गोल गरेर भन्दा पनि आत्मघाती गोल उपहार स्वरुप पाएर अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा युनाईटेडका फ्रेडले आत्मघाती गोल गरेका थिए । तर यो उपहार स्वरुप पाएको अग्रता भने कायम राख्न सकेन । खेलको ५५ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै युनाईटेडले २ खेलमा ४ अंक जोडेको छ । युनाईटेड तालिकाको चौंथो स्थानमा रहेको छ । १३ औं स्थानको साउथह्याम्पटनले २ खेलमा १ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर