नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा मनिराज र नन्दकिशोर पक्राउ — OSNepal

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा मनिराज र नन्दकिशोर पक्राउ

LC (KTM) August 22, 2021 0

धनुषा, ६ भदौ-मिथिला नगरपालिका(७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका(७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका(१२ घर भएका ३७ वर्षीय नथु भन्ने मनिराज परियार र मिथिला नगरपालिका(६ बस्ने ढल्केबरस्थित एमके मेटल स्टोरका संचालक ६९ वर्षीय नन्दकिशोर ताम्राकार रहेका छन् ।

उक्त विद्युत प्राधिकरण प्रसारण निर्देशनालय ढल्केबर सव(स्टेशन परिसरमा ४ सय केभी नेपाल(भारत विद्युत व्यापार आयोजनाको स्टोर गरि राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट परियारले होक्सो व्लेडले तार काटि रहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय ठल्केबरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा परियारले तार चोरी गरी एमके मेटल स्टोरमा बिक्री गरेको भनी खुल्नआएपछि उक्त पसल तलासी गर्दा ३ लाख रुपैयाँ मुल्य बराबरको अन्दाजी २ सय ८६ केजी नाङगो तामाको तार फेला पारी ताम्राकार समेतलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर