१२ वर्षीय बालिकालाई खुल्ला चौरमा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ — OSNepal

१२ वर्षीय बालिकालाई खुल्ला चौरमा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

LC (KTM) August 22, 2021 0

सुर्खेत ६ भदौ । १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्ला सर्केघाट गाउँपालिका ७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशी रहेका छन् ।

बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका १२ नेवारेस्थित खुल्ला चौरमा जबरजस्ती करणी गरेको अभियोगमा अस्थाई प्रहरी पोष्ट सहकारी चोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले निजलाई शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर