२१ वर्षीय किशोर ४ केजी ४ सय ९० ग्राम अवैध लागूऔषध सहित पक्राउ — OSNepal

२१ वर्षीय किशोर ४ केजी ४ सय ९० ग्राम अवैध लागूऔषध सहित पक्राउ

LC (KTM) August 22, 2021 0

कञ्चनपुर ६ भदौ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले चरेससहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय किशोर सिंह सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कृष्णपुर नगरपालिका–२ प्रगतिटोलबाट ४ केजी ४ सय ९० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित सिंहलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर