पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना संक्रमण हुँदा २ हजार २४८ जना भए संक्रमणमुक्त — OSNepal

पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना संक्रमण हुँदा २ हजार २४८ जना भए संक्रमणमुक्त

LC (KTM) August 22, 2021 0

काठमाडौँ ६ भदौ । आज पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमीतले ज्यान गुमाएका छन् । आज संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्रर रहेको छ ।

आज पछिल्लो २४ घण्टामा २ हजार २४८ जना संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर