पर्यटक आकर्षणको माध्यम पर्यापर्यटन — OSNepal

पर्यटक आकर्षणको माध्यम पर्यापर्यटन

Kesh Karki (USA) August 22, 2021 0

तनहुँ, ६ भदौ ९रासस० ः डिभिजन वन कार्यालयले पर्यापर्यटनको माध्यमबाट सामुदायिक वन क्षेत्रमा पर्यटकलाई आकर्षित गर्दै रोजगारी र आम्दानीसमेत बढाउने कार्यक्रम ल्याएको छ । पर्यापर्यटनमार्फत पर्यटक आगमन बढाएर स्थानीयस्तरमा आम्दानीको स्रोत बनाउने उद्देश्यले जिल्लाको विभिन्न सामुदायिक वनमा ठाउँ सुहाउँदो पर्यटकीय कार्यक्रम ल्याइएको हो । सो कार्यक्रमका लागि म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाघेटारीमा बाघको मूर्ति निर्माण गरिएको छ ।

रू एक लाख ८० हजारको लागतमा सो मूर्ति निर्माण गरिएको सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिनुुभयो । “फैलिँदै गएको झाडीका कारण एक्लै जान डर लाग्ने उक्त स्थानमा झाडी पन्छाइ सरसफाइ गरेर मूर्ति स्थापना गरिएपछि यहाँको स्वरूप नै बदलिएकोे छ,” उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा बाघ नपाइने भए पनि ठाउँ सुहाउँदो जनावरको मूर्ति राख्दा उचित हुने भएकोले बाघको मूर्ति राखिएको हो ।”

सदरमुकाम दमौलीदेखि नजिकको करिब दुई हेक्टर खाली जमिनमा लगानी गरिए आम्दानी बढाउन सकिने देखिएकाले उक्त कार्य गरिएको सहायक वन अधिकृत रानाभाटले बताउनुभयो । पृथ्वीराजमार्गबाट करिब पाँच मिनेट हिँड्दा पुगिने उक्त स्थानलाई रकगार्डेनले सिङ्गार्न सकिए झनै राम्रो हुने र वनभोजस्थल पनि बनाउन सकिने उहाँको भनाइ थियो ।
अहिले उक्त स्थानमा जाने बाटो मर्मत तथा रकगार्डेन सरसफाइका साथै कटेज, पिङ, प्रवेशद्वार निर्माणलगायत काम भइरहेका छन् । करिब तीन सय मिटर सिँढी निर्माण गर्न सकिए अझै राम्रो देखिन्छ । स्थानीय तहले डोजर मात्रै लगाउने गर्ने र पर्यटकीय प्रबद्र्धन तथा वातावरण संरक्षणमा ध्यान दिन सम्बन्धित पालिकालाई आग्रह गरिएको छ ।

त्यसैगरी भिमाद नगरपालिका–९ स्थित मोहरियमा प्राकृतिक रकगार्डेनलाई पनि पर्यटनसँग जोडेर आम्दानीको स्रोत बढाउने काम गरिएको छ । अहिले त्यहाँ अवलोकन गर्न दैनिक मानिस आउने गरेका छन् । करिब रू बीस लाखको लागतमा रकगार्डेनभित्र पानीको फोहरा, पोखरी, फूलका बगैँचा, चराको बासस्थान, घरपक्षी उद्यानलगायत संरचना बनाइएको छ । यहाँ आउने पर्यटकलाई न्यून शुल्क लिने गरिएको छ ।

वीरतामा शहरी हरित पार्क ः
वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नं ४को कृष्णपुर वीरता टोलमा शहरी हरित पार्क निर्माण गरिएको छ । कार्यालयकोे रू पाँच लाख र टोल विकास संस्थाको रू दुई लाख गरी रू सात लाखको लागतमा पार्क निर्माण गरिएको सहायक वन अधिकृत रानाभाटले जानकारी दिनुुभयो ।
करिब दुई रोपनी जमिनमा निर्माण गरिएको पार्क वृद्धवृद्धालाई आराम गर्ने प्याराफिट, मञ्च र बालउद्यान निर्माणले कुनै कार्यक्रम सहज हुने स्थलका रूपमा विकास हुने भएको छ । हाल पार्कमा ढुङ्गा विच्छ्याउने, बगैँचा, गोल चौतारी र प्रवेशद्वार निर्माण गरिएको छ । नगरपालिकाले प्रवेशद्वार निर्माणका लागि सहयोग उपलब्ध गराएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर