ओलीलाई दियो जसपाले झड्का !आफ्नै नेतृत्वको सरकार गठन भए मात्र अघि बढ्ने,ओली सरकारसँग नमिल्ने — OSNepal

ओलीलाई दियो जसपाले झड्का !आफ्नै नेतृत्वको सरकार गठन भए मात्र अघि बढ्ने,ओली सरकारसँग नमिल्ने

LC (KTM) May 18, 2021 0

काठमाडौँ — जनता समाजवादी पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन भए मात्र सरकारमा जाने नभए प्रतिपक्षमा नै बस्ने निणर्य गरेको छ । आज अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ती जारी गरी तत्काल आफ्नो पार्टी सरकारमा नजाने बताउँदै आफ्नै नेतृत्वमा वा राष्ट्रिय सरकार बन्ने अवस्था सिर्जना भए मात्रै सरकारमा जाने बताएको हो ।

‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन, जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ,।समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठनर भ्रातृ संगठनलगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशीघ्र सम्पन्न गर्दै एकताबद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्नु पर्दछ,। पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्धगर्नका लागि गुटबन्दी गर्ने, गुट उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने कियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ’विज्ञप्तिमा लेखिएको छ ।

अरुको सरकारमा सत्ता साझेदारी गर्न नजाने भन्दै जसपाले अब ओली सरकारसँग सत्ता समिकरण नगर्ने भएको छ । यता ओली चाँडै विश्वासको मत लिने भन्दै अध्यक्ष ठाकुरसँग सहयोगको हात बढाएका छन् । यदि अब ठाकुरले साथ दिएनन् भने ओलीले विश्वास टरेर जान्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर