कटुवा पेस्तोल सहित एक जना पक्राउ — OSNepal

कटुवा पेस्तोल सहित एक जना पक्राउ

LC (KTM) August 22, 2021 0

सर्लाही ६ भदौ । कटुवा पेस्तोल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लंगवा नगरपालिका ११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अंसारी रहेका छन् ।

अंसारी र उनकै दाजु बीच बादबिवाद भई झै–झगडा भएको सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले घटनास्थल पुग्दा अंसारीको कम्मरमा भिरेको गोली लोड भएको अवस्थामा उक्त पेस्तोल प्रहरीले बरामत गरेको हो ।

यस सम्बन्धमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर