प्रदेश १ मा आज ५३४ जनामा कोरोना संक्रमण, ६ जनाले ज्यान गुमाए — OSNepal

प्रदेश १ मा आज ५३४ जनामा कोरोना संक्रमण, ६ जनाले ज्यान गुमाए

LC (KTM) August 22, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, ते¥हथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३४, विर्तामोडमा ३२, कनकाईमा १६, अर्जुनधारामा १५, शिवसताक्षीमा १३, बुद्धशान्तिमा १०, मेचीनगरमा ८, कमल गाउँपालिकामा ४, भद्रपुर, गौरीगञ्ज र बा¥हदशीमा २–२, हल्दिबारीमा १ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ३९, उर्लाबारीमा १४, सुनबर्षीमा ५, पथरीशनिश्चरेमा ४, कानेपोखरी र बेलबारीमा २–२, लेटाङ, ग्रामथान, बुढीगंगा र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ८३, इनरुवामा ५, धरान र बराहक्षेत्रमा २–२, देवानगञ्जमा १ जनामा संक्रमण देखिएको छ ।

इलामको इलाम नगरपालिकामा ३, सुर्योदयमा २, माई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा २, याङवरकमा १, संखुवासभाको पाँचखपन र मादीमा १–१, ते¥हथुममा १, ताप्लेजुङको आठराई त्रिवेणी, धनकुटाको साँघुरीगढी र भोजपुरको अरुण गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५७ महिला र २०५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर