काठमाडौँ ६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ ।
उक्त सदस्यलाई भदौ २ गतेको सम्म समय तोकिएको भन्दा तोकिएको समय भन्दा चार दिन पछाडी आज प्रतिवेदन बुझाउन लागेको हो ।
प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई आज दिउँसो २ बजे प्रधानमन्त्रीको सकाररी कार्यलय बालुवाटारमा प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसामद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखकसहित क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।