रु दश लाखको छात्रवृत्ति कोष — OSNepal

रु दश लाखको छात्रवृत्ति कोष

Kesh Karki (USA) August 22, 2021 0

हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि अध्यक्षसमेत रही २८ वर्षसम्म अतुलनीय योगदान पु¥याउनुभएको थियोे । क्याम्पस सञ्चालक समितिको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उहाँले बताउनुभयो । कोषको ब्याजको रकमबाट विभिन्न तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

कोषको कार्यविधि निर्माणका लागि अर्पण पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिले कार्यविधि तयार गरेपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सुरुआत गरिने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर