प्रिमियर लिग फुटबलमा लिभरपुलको जित — OSNepal

प्रिमियर लिग फुटबलमा लिभरपुलको जित

LC (KTM) August 21, 2021 0

प्रिमियर लिग फुटबलमा आज भएको खेलमा लिभरपुल बिजयी भएको छ । आज भएको खेलमा बर्नलीलाई शुन्यका बिरुद्ध दुई गोलले हराउँदै लिभरपुलले अंक तालिकामा स्पष्ट ३ अंक जोड्न सफल भएको छ ।

यो जितसंगै लिभरपुलले प्रिमियर लिगको तालिकामा अग्रता पनि बनाएको छ । लिभरपुललाई जिताउन डिएगो जोटा र साडियो मानेले एक एक गोलको योगदान दिए । जोटाले १८ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अघि बढाएका थिए ।

मानेले ६९ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नाल्डको पासमा गोल गर्दै एनफिल्ड क्लबलाई २–० को जित दिलाए । लिभरपुलले दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्नली अंक विहिन हुदै तालिकाको १७ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर