प्रदेश १ मा आज कोरोना संक्रमीतको संख्या घट्दा मृ तकको संख्या बढ्यो, ४७९ जना संक्रमित, १३ जनाले ज्यान गुमाए — OSNepal

प्रदेश १ मा आज कोरोना संक्रमीतको संख्या घट्दा मृ तकको संख्या बढ्यो, ४७९ जना संक्रमित, १३ जनाले ज्यान गुमाए

LC (KTM) August 21, 2021 0
uk corona

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । ७३९ जनाको पीसीआर परीक्षणगर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ३२, लेटाङमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ५, केराबारीमा ४, सुन्दरहरैचा र उर्लाबारीमा ३–३, रंगेलीमा २, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ३६, धरानमा २२, दुहवी, इनरुवा र बराहक्षेत्रमा २–२, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ३०, भद्रपुरमा ७, कमल गाउँपालिकामा ३, मेचीनगरमा २, शिवसताक्षी, गौरादह, विर्तामोड, अर्जुनधारा र कचनकवल १–१ जनामा संक्रमण देखिएको छ । धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिका, मांसेबुङ, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र भोजपुरको भोजपुर नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर