काठमाडौँ उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित — OSNepal

काठमाडौँ उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित

LC (KTM) August 21, 2021 0

काठमाडौँ उपत्यकामा पछिल्लो समय ६६७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ ।

कोरोनाबाट थप ३० सङ्क्रमितको मृत्यु

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३० सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट २६ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर