५ वर्षिया अवोध बालिकालाई बलात्कार गरेको अभियोगमा ३३ वर्षीय निर्मल सहित थप दुई जना पक्राउ — OSNepal

५ वर्षिया अवोध बालिकालाई बलात्कार गरेको अभियोगमा ३३ वर्षीय निर्मल सहित थप दुई जना पक्राउ

LC (KTM) August 21, 2021 0

काठमाडौँ ५ भदौ । सुर्खेत र रुपन्देहीमा बालिकाहरू बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्ला सर्केघाट गाउँपालिका–७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशी रहेका छन् ।

निजहरुले १२ वर्षीया बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा लगेर उनीहरुले बलात्कार गरेको खुल्न आएको छ । नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले निजहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

त्यस्तै, छ वर्षीया अवोध बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–१२ हरियाली बस्ती बस्ने बर्दिया राजापुर नगरपालिका–६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

निजलाई ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो । यस विषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर