बसमा यात्रा गरिरहेका बेला अचानक भयो आमाको निधन, छोरा नमाने पछि छोरो फकाउन यात्रुले मृत आमाको काखमा छोरा राखिदिएको तस्विरले धेरैका आखा रसाए — OSNepal

बसमा यात्रा गरिरहेका बेला अचानक भयो आमाको निधन, छोरा नमाने पछि छोरो फकाउन यात्रुले मृत आमाको काखमा छोरा राखिदिएको तस्विरले धेरैका आखा रसाए

LC (KTM) August 21, 2021 0

काठमाडौँ – सामाजिक संजालमा मृत आमाको काखमा छोरा बसेको तस्विर यतिबेला भाइरल बनेको छ । तस्विर देखपछि आखा नरसाउने त सायदै होलान । यो भाव विव्हल बनाउने तस्विर बिदेशको नभइ नेपालकै रहेको छ ।

बताइएअनुसार, तस्विरमा देखिएकी महिला रुकुम(पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला हुन् भने बालक उनका छोरा ३२ महिनाको छोरा किरण बटला हुन्। तस्विर नेपालगञ्ज आउँदै गरेको बसको रहेका छ । मुटुको बिरामी धर्माकुमारी उपचारका लागि नेपालगञ्ज जाँदै थिइन्। उनका पति दलबहादुर बटाला नेपालगञ्जमा ठेक्कापट्टाको काम गर्छन्।

उपचारका लागि नेपालगञ्ज जान धर्म्कुमारी बेलुका साढे ५ बस चढेकी थिइन्। छोरा रुँदा पनि धर्म्कुमारी नउठेको बसमा यात्रा गरिरहेका अन्य यात्रुले उनलाई उठाउने प्रयास गरेपछि नउठ्दा उनको बसमै निधन भएको पुष्टि भयो ।आमाको निधन भएपछि बसका यात्रुहरुले छोरालाई फकाउन खोज्दा पनि रोएर नमाने पछि छोरा फकाउन केहि यात्रुले बालकलाई मृत आमाको काखमा राखिदिए। त्यहिँ रहेका केहि यात्रुले त्यस भावुक दृश्य कैद गरेर सामाजिक संजालमा पोस्ट गरेपछि उक्त तस्विर भाइरल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर