गठवन्धनको देउवा सरकारमा एक महिनामा करिब ४८ लाखले लगाए कोरोना विरुद्धको खोप — OSNepal

गठवन्धनको देउवा सरकारमा एक महिनामा करिब ४८ लाखले लगाए कोरोना विरुद्धको खोप

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । पछिल्लो एक महिनमा नेपालभर करिब ४८ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

गठवन्धन सरकारको नियुत्तीसँगै साउन १ गतेबाट भदौ ३ गतेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जना नेपालीले कोरोना विरुद्धको खोप प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

यो भन्दा अघि तत्कालिन केपी शर्मा ओलीको सरकारमा करिब ३६ लाखले कोरोना विरुद्धको खोप लगाएका थिए । योसँगै हाल सम्म नेपालमा ८५ लाख २० हजार ४ सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

त्यसमा ३७ लाख ८ हजार ६ सय ८८ जनाले भने दुवै डोज खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो एक महिनामा करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

त्यसैगरी, दुवै डोज लगाउनेको संख्या कुल जनसंख्याको १३ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । अगामी असोज मसान्तसम्ममा ३३ र चैतसम्म सबैलाई खोप लगाउने सरकारले घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर