सरकारले विश्वासको मत नलिएसम्म पुर्ण बजेट ल्याउन मिल्दैन : पुर्वअर्थमन्त्री महत — OSNepal

सरकारले विश्वासको मत नलिएसम्म पुर्ण बजेट ल्याउन मिल्दैन : पुर्वअर्थमन्त्री महत

LC (KTM) May 18, 2021 0

काठमाडौं ४ जेठ । वर्तमान सरकारले विश्वासको मत नलिएकाले पुर्ण बजेट ल्याउन नमिल्ने भएको छ । नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले विश्वासको मत नलिएसम्म पुर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् ।

सरकार नै अनिश्चित भएकाले पुर्ण बजेट ल्याउन नमिल्ने बताएका महतले भने, ‘फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ । चाडैँ नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो । विश्वासको मत नलिइकन आगामि आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो बिचारमा उचित हुँदैन ।’

यदि विश्वासको मत नलिइकन बजेट ल्याउनुपर्ने समय आएमा आन्तरिक बजेट काम चलाउ बजेट ल्याइने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर