जसपा फुटेको नभई राजेन्द्र महतो, महन्थ ठाकुरजस्ता केही व्यक्तिलाई अनुशासनहीनताको कारण कारबाही गरिएको हो — OSNepal

जसपा फुटेको नभई राजेन्द्र महतो, महन्थ ठाकुरजस्ता केही व्यक्तिलाई अनुशासनहीनताको कारण कारबाही गरिएको हो

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । जनता समाजवादी पार्टी नेपाल जसपाका नेता योगेन्द्र राय यादवले जसपा फुटेको नभई राजेन्द्र महतो, महन्थ ठाकुरजस्ता केही व्यक्तिलाई अनुशासनहीनताको कारण कारबाही गरिएको बताएका छन् ।

हिजो एक कार्यक्रममा सहभागी भएका यादवले यस्तो खुलसा गरेका हुन् । मधेशमा भएको जनक्रान्तिमा अध्यक्ष उपेन्द्र यावद सहभागी हुँदा महन्थ ठाकुर र राजेन्द्र महतो सरकारी वार्ता टोलीबाट संयोजक भएको बताएका उनले भने,’जुनबेला उपेन्द्र यादव मधेसको परिवर्तनको निम्ति मधेश जनक्रान्ती गर्दै हुनुहुन्थ्यो, त्यतीबेला महन्थ ठाकुर र राजेन्द्र महतो सरकारी वार्ता टोलीबाट संयोजक हुनुहुन्थ्यो ।’

यादव मधेश जनविद्रोहका नेतृत्वकर्ता भएकाले यादव मधेशको हिरो भएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर