एक महिलालाई पुरुषसँग भगाउन सहयोग गरेको भन्दै वडा सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गर्ने पक्राउ — OSNepal

एक महिलालाई पुरुषसँग भगाउन सहयोग गरेको भन्दै वडा सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गर्ने पक्राउ

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । एक महिलालाई एक पुरुषसँग भगाउन सहयोग गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका छन् ।

प्रहरीले जनाए अनुसार स्थानीय जोगिन्द्र साहसहितको समूहले पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराले जनाए अनुसार घटनाको घटेको सुचनाको आधारमा तत्काल प्रहरी घटना स्थल पुगी पासवानलाई उद्दार गरि उपचारको लागि कलैया अस्पताल लगिएको छ ।

प्ररहीले घटनामा संलग्न साहसहित ८ जनालाई पक्राउ गरेको गरेको जनाएको छ । पक्राउ परेकाहरु माथि बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर