राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट कमल थापा बाहिरिने — OSNepal

राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट कमल थापा बाहिरिने

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् ।

उनले आफु संयोजकबाट हलग हुने भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह समेत थापाले आग्रह गरेका छन् ।

उनले भनेका छन् राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु। अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर