नेपालमाथि थापाको यस्तो झटारो: फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनैसक्दैन — OSNepal

नेपालमाथि थापाको यस्तो झटारो: फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनैसक्दैन

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधव कुमार नेपालको नयाँ पार्टीको विषयमा आलोचना गरेका छन् ।

उनले समाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन्, जुन गोरूको सिङ छैन,त्यसको नाम तिखे भनेजस्तो नेपाल राखेको नयाँ नाम निवार्चन आयोगले अस्विकार गरेसँगै नाम परिर्वतन गरिएको छ । नेपाल समुहले एमाले (समाजवादी) नाम राख्ने विषयमा आयोगले अस्वीकार गरेपछि अहिले पार्टीको नामाकरण नेकपा (एकीकृत समाजवादी) गरिएको छ ।

सुर्य थापाले लेखेका छन्, ‘दुई दिनअघि मैले लेखेको थिएँ- दरखास्त हाल्दैमा नेकपा एमाले ९समाजवादी०नाममा माधव कु।नेपालको पार्टी दर्ता भएको छैन, निर्वाचन आयोगले त्यसो गर्न सक्दैन र कानुनतस् मिल्दैन । उनी नाम बदल्न बाध्य भए। फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन । जुन गोरूको सिङ छैन,त्यसको नाम तिखे भनेजस्तो नाममै मजाक त नगर्ने कि, दुनियाँ हाँस्दैछन् !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर