पानीको झरनामा खेल्ने क्रममा डुबेर नेपाली विद्यार्थी हेमन्तकुमारको निधन, बेलायतकै विश्वविद्यालयबाट भर्खरै सकेका थिए इन्जिनियर — OSNepal

पानीको झरनामा खेल्ने क्रममा डुबेर नेपाली विद्यार्थी हेमन्तकुमारको निधन, बेलायतकै विश्वविद्यालयबाट भर्खरै सकेका थिए इन्जिनियर

LC (KTM) August 21, 2021 0

काठमाडौं-बेलायतमा पानीको झरनामा खेल्ने क्रममा डुबेर एक नेपाली युवाको दुखद निधन भएको छ । निधन हुने नेपालीमा बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राई रहेका छन् ।

उनी अगस्ट १६ सोमबारका दिन वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डुबेर मृत्‍यु भएको बताइएको छ ।घु’म्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहांको ग्लाइनिथस्थित पोन्टनेडफिकान झरनामा पुगेका थिए ।

‘झरनाको पानीमा पसेपछि उनी अफ्टेरोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उद्धारकर्मी र एम्बुलेन्स पुग्दा मृत्‍यु भइसकेको’ प्रहरीले बताएको छ ।उनी पूर्व गोर्खाका छोरा हुन् । बेलायतकै एक विश्वविद्यालयबाट उनले हालै इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर