कर्णालीमा माधव नेपाललाई झड्का, पार्टी फुटाएपछि धेरैले छाडे साथ ! — OSNepal

कर्णालीमा माधव नेपाललाई झड्का, पार्टी फुटाएपछि धेरैले छाडे साथ !

LC (KTM) August 21, 2021 0

काठमाडौँ – नेकपा एमाले विभाजनसँगै त्यसको असर कर्णाली प्रदेश सभासँगै तल्लो तहसम्म देखिएको छ। कर्णालीलाई तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रभाव क्षेत्रको रूपमा हेर्ने गरिन्थ्यो। कर्णालीका १० जिल्लामध्ये सात जिल्लाका अध्यक्ष नेपाल समूहमा थिए। नेपालले पार्टी विभाजन गरेपछि भने लामो समय उनीसँग रहेका जिल्ला अध्यक्षहरूले साथ छोडेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही लामो समयदेखि नेपाल समूहमा थिए। प्रतिनिधिसभा सदस्यसमेत रहेका शाही अहिले उनीसँग छैनन्। नेपाल समूहले प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेसँगै शाही नेपाल समूहसँग टाढिए। ‘पार्टीभित्र विचार समूह हुनु फरक कुरा हो, तर पार्टी नै फुटाउनु राम्रो होइन,’ अध्यक्ष शाहीले भने, ‘नेकपा एमाले र सूर्य चिन्हमा ठूलो लगानी छ, त्यसलाई छोड्ने कुरै आउँदैन। जाजरकोटका अध्यक्ष करवीर शाही पनि नेपाल समूहका अध्यक्ष थिए। उनी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा उनी अध्यक्षबाट सचिवमा झारिए। पार्टीभित्रको अन्तरसंघर्षमा सधैं नेपाललाई साथ दिँदै आएका शाहीले पार्टी विभाजनमा भने साथ दिएनन्।

२०७४ सालमा भएको निर्वाचनमा कर्णाली प्रदेशसभाका ४० मध्ये २० सिट नेकपा एमालेले जितेको थियो। त्यो बेला एकल बहुमतको सत्ता सञ्चालन गर्ने हैसियतमा रहेको एमाले अहिले सभामुखसहित १४ जना सांसदमा खुम्चिएको छ।

‘पार्टीभित्रको यो वा त्यो पक्ष भन्ने बेलासम्म म नेपाल पक्षको जिल्ला अध्यक्ष थिएँ,’ उनले भने, ‘अहिले पार्टी नै फरक हुने भइसकेपछि नेपाल पक्षसँग हुने कुरा रहेन, म सधैं नेकपा एमाले नै हो।’ केही जिल्ला अध्यक्ष भने नेपाल समूहले दर्ता गराउनका लागि निवेदन दिएको नेकपा एकीकृत समाजवादीमा खुलेर लागेका छन्।

एमालेमा हुँदा सात जना जिल्ला अध्यक्षको साथ पाएका नेपालसँग नयाँ पार्टी बनाउँदा तीन जना मात्रै साथमा छन्। मुगुका अध्यक्ष धर्मबहादुर शाही, रुकुम पश्चिमका अध्यक्ष विमल पुन र जुम्लाका अध्यक्ष तीर्थ बुढा नेपालसँगै नयाँ पार्टीमा खुलेका छन्। नेपाल पक्षका डोल्पाका अध्यक्ष दत्त रोकायको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर