ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने निश्चित — OSNepal

ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने निश्चित

LC (KTM) August 21, 2021 0

काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् ।

आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ,’ भण्डारीले भने, ‘ यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर