नदीले बगाउँदा ४२ वर्षीय रामसिंह बेपत्ता,खोजि गर्दै प्रहरी — OSNepal

नदीले बगाउँदा ४२ वर्षीय रामसिंह बेपत्ता,खोजि गर्दै प्रहरी

LC (KTM) August 21, 2021 0

सुर्नया नदीमा बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

दिउँसो १ बजेतिर सुर्नया तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका हुन् । बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर