सीमा नाकाबाट चार लाख मूल्य बराबरको रुद्राक्षमाला फिल्मी शैलीमा समात्यो प्रहरीले — OSNepal

सीमा नाकाबाट चार लाख मूल्य बराबरको रुद्राक्षमाला फिल्मी शैलीमा समात्यो प्रहरीले

LC (KTM) August 20, 2021 0

कञ्चनपुर, ४ भदौ – सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट चार लाख मूल्य बराबरको भारत तस्करी हुन लागेको रुद्राक्षमाला बरामद गरेको छ ।

बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थाको एक हजार ८६० वटा माला (दुई सय किलो) बरामद गरेको हो ।

बरामद रुद्राक्ष त्रिनगर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर ऐरले बताए । रुद्राक्ष मालाको अबैध कारोवारमा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर