कोरोना संक्रमण भएपछि आर्सनल बिरुद्धको खेल गुमाउँदै चेल्सीका फरवार्ड पुलिसिच — OSNepal

कोरोना संक्रमण भएपछि आर्सनल बिरुद्धको खेल गुमाउँदै चेल्सीका फरवार्ड पुलिसिच

LC (KTM) August 20, 2021 0

इंग्लिस क्लब चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिचले आर्सनल बिरुद्धको खेल गुमाउने भएका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भए संगै आइसोलेसनमा बस्नु पर्ने भएकोले आर्सनल बिरुद्धको खेल गुमाउने भएका हुन् ।

उनलाई कोरोना संक्रमण भएको चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले पुष्टि गरेका छन् । प्रिमियर लिग अन्तर्गत चेल्सीले आइतबार आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । आइसोलेसनमा बस्नु पर्ने भएको तथा उनले अहिले उनले प्रशिक्षण समेत गर्न नपाएको टुचेलले जनाएका छन् ।

पुलिसिचले पनि आफुलाई कोरोना संक्रण भएको कुरा सामाजिक संजालबाट जानकारी गराएका छन् । उनले आफुलाई कोरोना लागे पनि कुनैपनि लक्षण नदेखिएको समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर