झापामा स्वतन्त्र पत्रकार संघको नयाँ नेतृत्व चयन , अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचीत — OSNepal

झापामा स्वतन्त्र पत्रकार संघको नयाँ नेतृत्व चयन , अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचीत

LC (KTM) August 20, 2021 0

पत्रकारका बिभिन्न संगठन राजनीतिक दल निकट रहदै आएका छन् । पत्रकारीता आफैमा स्वतन्त्र पेशा भए पनि देशभर स्वतन्त्र पत्रकार कमै मात्र रहेका छन् । यसैक्रममा स्वतन्त्र पत्रकार संघ झापाले नयाँ नेतृत्व पाएको छ । स्वतन्त्र पत्रकार संघ झापा अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको सम्पन्न प्रथम अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यस्तै गरी समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषध्यक्षमा आयुष निरौला सर्वसम्मत भएका हुन् । त्यस्तै सदस्यहरु तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी चयन भएका छन् । समितिका अन्य सदस्यहरु समितिको आगामी बैठकले टुङ्गो लगाउने निर्णय भएको छ ।

संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय कोषध्यक्ष शालिग्रमा पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरुलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णय समेत भएको छ । दलिय स्वार्थका कारण मुलक गम्भिर संकटमा पर्ने खतराबढेको भन्दै पत्रकारिता समेत स्वतन्त्र र निष्पक्ष बन्न नसक्दा नागरिकले सहि सुचना पाउनबाट बञ्चित हुनु परेको निकर्ष निकालिएको छ ।

नवनिर्वाचित अध्यक्ष ढकालले झापामा पत्रकारका क्रियाशिल संघ–संगठनले अझै पनि स्वतन्त्र पकारको अस्तित्व स्विकार गर्न अनाकानी गरेको भन्दै स्वतन्त्र पत्रकारहरुलाई पनि सम्मानजन रुपमा ब्यवहार गर्न माग गरे । २५ जिल्लामा संगठन विस्तर भइसकेको र आगामी दिनमा थप जिल्लाहरुमा संगठन विस्तारलाई तिब्रता दिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर