एसियाली टेबलटेनिसका लागि नेपालबाट यि ६ खेलाडी छानिए — OSNepal

एसियाली टेबलटेनिसका लागि नेपालबाट यि ६ खेलाडी छानिए

LC (KTM) August 20, 2021 0

काठमाडौं, ४ भदौ- अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए ।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए । वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन् ।

महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिए । वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियंका राई छन् ।

छनोटमा समान ९–९ पुरुष/महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता दोहामा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर