आज भक्तपुरमा १०७ जना संक्रमित थपिदा काठमाडौ र ललितपुरमा कति थपिए ? — OSNepal

आज भक्तपुरमा १०७ जना संक्रमित थपिदा काठमाडौ र ललितपुरमा कति थपिए ?

LC (KTM) August 20, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा काठमाडौँ उपत्यकामा मात्रै ८९८ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज काठमाडौँमा ६०४ जना, भक्तपुरमा १०७ जना र ललितपुरमा १८७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अबधीमा २ हजार २४४ जना निको भएका छन् । यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ० हजार ४५५ जनाको मृत्यु भएको छ ।कोरोना कोरोन संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।

तीमध्ये ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् । मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् । ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ८९८ जना काठमाडौं उपत्यकाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर