महन्थ ठाकुरको नयाँ पार्टीको नाम लोसपा राखियो, चुनाव चिन्ह साइकल — OSNepal

महन्थ ठाकुरको नयाँ पार्टीको नाम लोसपा राखियो, चुनाव चिन्ह साइकल

LC (KTM) August 20, 2021 0

काठमाडौं, ४ भदाै – महन्थ ठाकुरको नेतृत्वको नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखिने भएको छ । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि लोकतान्त्रिक समाजवादी पार्टी राखेर निर्वाचन आयोगमा पत्र बुझाइएको छ ।

अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात शुक्रबार निर्वाचन आयोगमा बुझाइएको छ । यसअघि वरिष्ठ नेतामा महतोको मात्रै नाम थियो भने अहिले भण्डारीको नाम थपिएको छ ।

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्हमा भने साइकल नै प्रस्ताव गरिएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि ठाकुरले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर