स्व. कलाकार दिपक क्षेत्रीको श्रीमती र छोराछोरीलाई के अप्ठ्यारो पर्यो र धरधरी रोए ? — OSNepal

स्व. कलाकार दिपक क्षेत्रीको श्रीमती र छोराछोरीलाई के अप्ठ्यारो पर्यो र धरधरी रोए ?

LC (KTM) August 20, 2021 0

कलाकार बिपना बस्नेत दिदी, जो मेरो लागि जहिल्यै प्रेरणाको स्रोत हुनुभयो । यतिबेला आफ्नो श्रीमान कलाकार स्व. दिपक क्षेत्रीको क्रियापुत्री बस्नु भएको छ । हिजो दिदीलाई भेट्दा, दिपक सरलाई सम्झेर फेरी भक्कानिदै हुनुहुन्थो । आफु मलेशिया कार्यक्रममा हुँदा यता श्रीमानले अन्तिम श्वास फेरे, दिदीलाई एउटै गुनासो छ, म यहि भाको भए, उहाँलाई पानीसम्म त खुवाउँथें । पहिलो श्रीमानले शँका गर्ने, कुटपिट गर्ने गरेपछि ज्यान नै बचाउन गाह्रो भएपछि दिदीले दुई छोरा छोरी बोकेर घर छोड्नुभयो । जेठी छोरीलाई उहाँले पहिले नै गुमाउनु भयो । त्यो अप्ठेरो क्षणमा साथ दिने दिपक क्षेत्रीसँगको माया र सुमधुर सम्बन्ध दिदीले यो जुनीमा भुल्न सक्नु हुँदैन । हेयर ड्रेसर हुँदै कलाकारितामा नक्कली हिसिला यामीको परिचय पाउनु भएकी बिपना दिदीका छोरा छोरी नै यतिबेला कलाकारितामा छन्, रिस्ता बस्नेत र रिनेक्स बस्नेत । दिदीको जीवन सँघर्ष, आँट र सबैलाई प्रेरणा दिने जीवन कथा सुनेपछि सदैव सम्मान गर्न मन लाग्छ । दिदी यो शोकको घडीमा आफुलाई बलियो बनाएर अघि बढ्नुहोला

माथिको स्ट्याटस शिशिर भण्डारीले बिपना बस्नेतको आफ्नो श्रीमान कलाकार दिपक क्षेत्री गुमाउँदा राखेका हुन् । यसैबिच शिशिरसँगै सुख दुख साट्दै बिपना बस्नेतले आफ्नो सम्पुर्ण पिडा पोखेकी छिन् । साथमा उनी छोरी नायिका रिस्ता बस्नेत र छोरा कलाकार रिनेक्स बस्नेतले आफ्नो बुवाले आमा र परिवारलाई दिएको पिडा साटे । आफ्नो पहिलो श्रीमानबाट पाएको पारिवारिक पिडा सहन नसकेपछि घरबाट निस्केर नयाँ जीवन थालेकी बिपनाको जीवनमा आधारित भएर यात्रा जिन्दगीको नामक फिल्म पनि बनेको छ । यसै बिषयमा भएको कुराकानी हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर