एक महिनामा प्रदेश २ मा तीन सय ७६ मोटरसाइकल दुर्घटनाग्रस्त, सवारी दुर्घटनामा ३५ को मृत्यु — OSNepal

एक महिनामा प्रदेश २ मा तीन सय ७६ मोटरसाइकल दुर्घटनाग्रस्त, सवारी दुर्घटनामा ३५ को मृत्यु

LC (KTM) August 20, 2021 0

प्रदेश २ मा साउन महिनामा तीन सय ७६ मोटरसाइकल दुर्घटना भएका छन् । आठ जिल्ला रहेको प्रदेश २ मा गत साउन महिनामा सवारी दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका छन । दुर्घटनामा परेर एक सय ८१ जना गम्भीर घाइते चार सय ५५ जना सामान्य घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

प्रदेश ट्राफिक कार्यालय पथलैयाले साउन महिनामा २१ हजार तीन सय २९ वटा विभिन्न किसिमका सवारी साधनलाई कारबाही गरेको छ । जसमध्ये ६ हजार एक सय ५१ वटा मोरसाइकल नियमविपरीत चलाएको आरोपमा कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले साउनमा सवारी साधन र चालकमाथि गरिएको कारबाहीबाट एक करोड ७६ लाख ४४ हजार राजश्व संकलन गरेको छ । एक महिनामा तीन सय ९१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा पाँच सय ६२ सवारी साधन संलग्न छन् ।

दुर्घटना न्यूनीकरणका गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको, राडार गनको प्रयोग गरी तीव्र गतिमा सवारी चलाउनेमाथि निगरानी बढाएको र ओभरलोड बोक्ने सवारी साधनहरुलाई यातायात कार्यालय पठाइएको, मापसे चेकिङलाई जारी राखेको र विभिन्न जिल्लामा आवश्यकताअनुसारको आकस्मिक चेकिङ गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।प्रदेश २ मा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर