पत्नि आरजु र छोरा जयवीर सहित प्रधानमन्त्री देउवा पुगे बंगलामुखी मन्दिर, गरे पूजाआजा — OSNepal

पत्नि आरजु र छोरा जयवीर सहित प्रधानमन्त्री देउवा पुगे बंगलामुखी मन्दिर, गरे पूजाआजा

LC (KTM) August 20, 2021 0

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय आध्यात्मिक बन्न थालेका छन् । पहिले पहिले धार्मिक यात्रा नजाने देउवा अहिले धर्मकर्म, पूजापाठमा व्यस्त हुन थालेका छन् । केही समयअघि उनले बुढानिलकण्ठ निवासमै रुद्री पूजा गरेका थिए । पूजापाठमा श्रीमती आरजु देउवा, छोरा जयवीर देउवा पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवा बिहीबार ललितपुरको बंगालामुखी मन्दिर गएर पूजाआजा गरेका छन् । बिहीबारको दिन बंगलामुखी मन्दिरमा पूजाआजा गर्ने गरिन्छ । उनी श्रीमती आरजु देउवासहित बंगलामुखी मन्दिर गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर