माधव नेपालसहितका १४ सांसदलाई कारवाहीको माग गर्दै सभामुख सापकोटालाई भेट्न पुगे एमाले नेताहरु — OSNepal

माधव नेपालसहितका १४ सांसदलाई कारवाहीको माग गर्दै सभामुख सापकोटालाई भेट्न पुगे एमाले नेताहरु

LC (KTM) August 20, 2021 0

काठमाडौँ । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेपछि उनीहरुलाई कारवाहीकोको माग राख्दै एमालेले दबाब अभियान नै चलाएको छ ।

एमालेले माधव नेपाल सहित १४ सांसदलाई कारबाहीको माग गर्दै शुक्रबार एमाले नेताहरु सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् ।

सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन उनको कार्यकक्षमा पुगेर ति सांसदहरुलाई कारबाही गर्न माग गर्दै दबाब दिएका हुन् ।

यसअघि बुधबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईको टोलीले १४ जना सांसदहरुलाई कारबाहीको माग गर्दै सभामुख सापकोटालाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर