भक्तपुर, ४ वैशाख-चाँगुनारायण नगरपालिका(४ चाँगुछाप बस्ने मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले प क्राउ गरेको छ ।मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्र हरीले उनीहरूलाई नगर ८२ हजार रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्रा उ गरेको हो ।हाल फरार मिनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुस न्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस -कोरोनाले गर्दा अभिभावक गुमाएका दुई बालबालिकाको जिम्मा लिँदै महामारीबिच अमिताभ बच्चनले गरे १५ करोड सहयोग : भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकारहरु सहयोगी हातहरु अघि बढाइरहेका छन्। जसमध्ये एक हुन् अभिनेता अमिताभ बच्चन । उनले कोरोना महामारीबिच पीडितको लागि १५ करोड सहयोग गरेका छन्। उनको यो कामको चौतर्फी चर्चा भइरहेको छ ।
उनलाई महामारीको बेला केही पनि सहयोग नगरेको भनि आरोप आइरहेका बेला एकै पटक उनले यति मोटो रकम सहयोग गरेका हुन् ।उनले लेखेका छन्, ‘कोरोनाको यस लडाईंमा धेरैले सहयोग गरिरहेका छन्। मानिसहरूलाई केवल दिल्लीको कोभिड केयर सेन्टरलाई दिएको २ करोड रुपैयाँ मात्र थाहा छ। तर महामारीबि च मेरो योगदान करिब १५ करोड भएको छ।
यस्ता तथ्यांकहरुले आफूलाई फरक नपर्ने उनी बताउँछन्। व्यक्तिगत कोषबाट अरू केहि खर्च गर्नुपर्यो भने सधै सहयोग गर्ने उनले बताएका छन् । भन्छन्, म काम गर्दछु, कडा परिश्रम गर्दछु र मेरो कमाई जसलाई जरुरी छ, उनमा खर्च गर्न संकल्प गर्दछु र रकम दिन सक्षम पनि छु। यस्तो समयमा यदि मैले मेरो व्यक्तिगत कोषबाट अरू केहि खर्च गर्नुपर्यो भने म सहयोग गर्न सधै तयार छु। यसका साथै उनले कोरोनाले गर्दा अभिभावक गुमाएका दुई बालबालिकाको जिम्मासमेत लिएका छन्। बलिउडमा कोरोना महामारी धेरै कलाकारहरुले सहयोग गरिरहेका छन् ।