पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको नेतृत्वमा सरु भयो ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ — OSNepal

पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको नेतृत्वमा सरु भयो ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’

LC (KTM) August 20, 2021 0

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु गरिएको छ ।ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित अभियान उदघाटन कार्यक्रम उद्घाटा गर्दै कटवालको नेतृत्वमा ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ शुरु गरिएको बताइएको छ ।

व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्न भन्दै जागरण अभियान शुरु गरिएको कटवालले बताए । कार्यक्रममा बोल्दै कटवालले हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियानको उद्देश्य भएको उल्लेख गरे ।

कार्यक्रममा राजनीतिक विश्लेषक देवेश झा, गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्द, शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्य र हिन्दू स्वयंसेवक संघ नेपालका कल्याण कुमार तिम्सिनाले बोल्दै ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सांस्कृतिक अभियानको रूपमा अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर