काठमाडौँबाट रौतहट जाँदै गरेको यात्रुबाहक बसको ब्रेक फेल हुँदा पल्टियो — OSNepal

काठमाडौँबाट रौतहट जाँदै गरेको यात्रुबाहक बसको ब्रेक फेल हुँदा पल्टियो

LC (KTM) August 20, 2021 0

बारा, ४ भदौ – बारा र मकवानपुरको सिमाना चुरेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट रौतहटको बंकुल आउँदो गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित चुरियामाई ओरालोमा बिहीबार राति साढे १० बजे ब्रेक फेल हुँदा अनियन्त्रित ना ६ ख ४६४१ नम्बरको बस सोही दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर पल्टिएको बाराका डिएसपी गौतम मिश्रले जानकारी दिएका छन ।

दुर्घटनाका घाइतेहरु मध्ये बस चालक मकवानपुर हेटौडा उप महानगरपालिका ८ कमानेका ४९ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको छ ।

चुरेहिल अस्पतालमा उपचार भइरहेको मोटरसाईकल चालक मकवानपुर हेटौंडा २ चौकी टोलका ३५ वर्षीय इन्द्रबहादुर कार्कीको दुवै हात र खुट्टामा चोट लागेको छ ।

बारा कोल्हवी–११ का २१ वर्षीय सुरज चौधरी, २८ वर्षीय राम प्रवेश राम, ५७ वर्षीया देवकी पन्त, २२ वर्षीय बिहारीलाल चौधरी, रौतहट विजयपुर १ का ३४ वर्षीय गान्धी दास, बारा कोल्हवी १ का ३९ वर्षीय वीरेन्द्रप्रसाद चौधरी, १९ वर्षीय रोहणबहादुर अधिकारीको चितवन, हेटौडाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर