गलेश्वर मन्दिरमा ३१ लाख ५० हजार लगानीमा पित्तलको छानो राखिँदै — OSNepal

गलेश्वर मन्दिरमा ३१ लाख ५० हजार लगानीमा पित्तलको छानो राखिँदै

LC (KTM) August 20, 2021 0

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा पित्तलको छानो राखिँदै । गलेश्वर शिवालय क्षेत्र विकास कोष र दाता रमेश शर्माको रु ३१ लाख ५० हजार लगानीमा मन्दिरको छानो पित्तलले छाउन लागिएको हो ।

आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार-सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।

ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर