बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा — OSNepal

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

Kesh Karki (USA) August 20, 2021 0

बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्कनुभएको छ । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्कनुभएको हो । बयालीस महिना सरकार चलाउनुभएको थियो ।

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पौडेलले बिहीबार सरकारी निवास छाड्नुभएको हो । उहाँले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताउनुभयो । उहाँले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभएको छ । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर