पितृको स्मृतिमा विद्यालयमा अक्षयकोष — OSNepal

पितृको स्मृतिमा विद्यालयमा अक्षयकोष

Kesh Karki (USA) August 20, 2021 0

कमल गाउँपालिका–७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफ्ना पिृतको स्मृतिमा रु एक लाख ५० हजार ५५५ को अक्षयकोष स्थापना गरेका छन् । स्थानीयवासी शान्ता केरुङ लिम्बूकी आमा स्व गौमाया लिम्बू र बहिनी स्व हेमकुमारी लिम्बूको स्मृतिमा उहाँका परिवारजनले विद्यालयमा उक्त कोष स्थापना गर्नुुभएको हो ।

विद्यालयमा बिहीबार एक संक्षिप्त कार्यक्रम गरी दाता परिवारले उक्त कोषको रकम दाता परिवारकी छोरी अमृता केरुङले विद्यालयका प्रधानाध्यापक इन्दिरादेवी खनाललाई हस्तान्तरण गर्नुभयो । विद्यालयमा हालसम्म विभिन्न्न व्यक्तिबाट गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित आठवटा अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर