साबेल प्रयोग गरेर बालुवा झिक्न पाउनुपर्ने भन्दै मजदुर आन्दोलित — OSNepal

साबेल प्रयोग गरेर बालुवा झिक्न पाउनुपर्ने भन्दै मजदुर आन्दोलित

LC (KTM) August 19, 2021 0

मेलम्ची-साबेल प्रयोग गरेर बालुवा निकाल्न पाउँनुपर्छ भन्दै मेलम्ची नगरपालिका वडा नम्बर १३ बासिहरु आन्दोलित भएका छन् । वडा अध्यक्ष,वडा सदस्य,राजनितिक दलका प्रतिनिधि लगायत सम्पुर्ण मजदुरहरु मिलेर नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा सावेल प्रयोग गरेर मजदुरले नदिजन्य पदार्थ उत्खनन् गर्न पाउनु पर्ने र वडा नम्बर १३ बाट उठेको करको २५ प्रतिशत रकम सोहि वडाको विकास निमार्णको काममा खर्चगर्नुपर्ने माग रहेको आन्दोलनको सहजिकरण गरिरहनुभएका सिवराम दंगालले जानकारी दिनुभयो ।

स्काइभेक्टर प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन् गर्न पाउनी हामि मजदुरले वालुवा झिक्न किन नपाउनी भन्दै मजदुरहरुले प्रमुख प्रसाशकिय अधिकृत अमृत कुमार धितालको ध्यानाकर्षण गराएका थिए । ज्ञापन पत्र बुझ्दै धितालले मेसिन चलाउन रोक लगाइएको जानकारी दिनुभयो ।

उहाँले बाँकि केहि निर्णय कार्यपालिका बैठकबाट गर्नेभन्दै तत्कालका लागि प्राविधिकको सिफारिसमा वडा नम्बर भित्र कुनैपनि मेसिन चलाउन नपाइने र साबेल प्रयोग गरेर बालुवा झिक्नदिने मौखिम जानकारी दिनुभएको छ । वालुजा झिकेरै आफ्नो रोजिरोटि गरेका माझि तथा दनुवार समुदायका नागरिकहरुको गुनासो सम्बोधन भएपछि उनिहरुले खुशि ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर