काठमाडौं ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएका छन् ।
उनले आफुहरुले मान्छे मारेको लोकतन्त्र ल्याउन भन्दै हिड्नेलाई महान ठान्ने हाम्रो नागरिक समाजको विडम्वना रहेको बताएका छन् ।
उनले आज मात्रै एक कार्यक्रमा प्रचण्डले लोकतन्त्र र संविधान बचाउन भन्दै अध्यादेश ल्याएको बताएका थिए ।
हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन,एमाले र जसपा फुटाएको संविधान जोगाउन।हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्,लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन् यस्तो भन्ने व्यक्तिलाई महान् ठान्ने हाम्रो नागरिक समाज भन्दै आक्रोश पोखका छन् ।
उनले भनेका छन्, “हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन,हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन,एमाले र जसपा फुटाएको संविधान जोगाउन।हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्,लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन्” यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज! विडम्वना!!”