भन्सार छली लैजाँदै गरेको १७ लाख मूल्य बराबरको केराउ बरामद — OSNepal

भन्सार छली लैजाँदै गरेको १७ लाख मूल्य बराबरको केराउ बरामद

LC (KTM) August 19, 2021 0

बर्दिया, ३ भदौ- गुलरिया नगरपालिका(१० स्थित मिल नजिक खालि जमिनमा जम्मा गरी राखेको करिब १६ लाख ९१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको १६८।७५ क्विन्टल केराउ गएराति प्रहरीले बरामद गरेको छ ।

भन्सार छली अवैध रुपमा केराउ भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र सिमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीलाई देख्नासाथ संलग्न व्यक्तिहरू फरार भएपछि प्रहरीले उक्त केराउ र ८ थान साईकल बरामद गरेको हो ।

बरामद भएको केराउ र साईकल कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर