न्युजिल्याण्डविरुद्धको टी ट्वान्टी क्रिकेट सिरिजका लागि बंगलादेशद्धारा टिमको घोषणा — OSNepal

न्युजिल्याण्डविरुद्धको टी ट्वान्टी क्रिकेट सिरिजका लागि बंगलादेशद्धारा टिमको घोषणा

LC (KTM) August 19, 2021 0

बंगलादेश क्रिकेटको एक बलियो टिम रहेको छ । पछिल्लो समय बंगलादेशले क्रिकेटमा एकदमै राम्रो प्रर्दशन गर्दै आईरहेको छ । यसैक्रममा बंगलादेशले न्युजिल्याण्डविरुद्धको टी ट्वान्टी क्रिकेट सिरिजका लागि आफ्नो तयारी तिब्र पारेको छ । बंगलादेशले सिरिजका लागि टिम समेत घोषणा गरेको छ ।

बंगलादेशले बिहीबार सिरिजका लागि १९ सदस्सीय टिमको घोषणा गरेको हो । बंगलादेशको कप्तानी ममुदउल्लाहले सम्हाल्ने छन् । उनको कप्तानीमा बंगलादेशले घरेलु मैदानमा न्युजिल्याण्डसँग पाँच खेलको टी ट्वान्टी सिरिज खेल्नेछ ।

सिरिज सेप्टेम्बर १ देखि १० सम्म हुने बताईएको छ । सिरिज अन्तर्गतको सम्पूर्ण खेल बंगलादेशको राजधानी ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर