भोली शुक्रबार भदौ ४ गतेबाट कक्षा ११ र १२ का विद्यार्थीलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज यी स्थानबाट लगाँइदै — OSNepal

भोली शुक्रबार भदौ ४ गतेबाट कक्षा ११ र १२ का विद्यार्थीलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज यी स्थानबाट लगाँइदै

LC (KTM) August 19, 2021 0

काठमाडौँ ३ भदौ । काठमाडौंमा भोली शुक्रबार भदौ ४ गतेदेखि ६ गतेसम्म कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य विभागको आज एक सुचना जारी गरी उपत्यकाको यी स्थानमा खोप अभियान सञ्चालन हुने भएको छ ।

भोली देखि नै ४० वर्षभन्दा माथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिने पनि सुचनामा उल्लेख गरिएको छ ।

उपत्यकाका यी स्थानमा बनाइएको छ, खोप केन्द्रहरु ;
सशस्त्र प्रहरी अस्पताल, बलम्बु
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
वीर अस्पताल, रत्नपार्क
निजामति कर्मचारी अस्पताल, वानेश्वर
परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
शिक्षण अस्पताल, महाराजगञ्ज
काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र
अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर