भारतको छत्तिसगढको भिलाई बाट १० कक्षामा पढ्दै गरेकी एक छात्रा बला त्कृत भएको घटना बाहिर आएको छ । त्यो पनि एकदमै अनौठो तरिकाले । छात्रालाई उसको साथीले भूत घरमा लिएर जान्छ । उसलाई त्यहाँ भूत संग डर देखाउँछ र अन्त्यमा अध्यारो कुनामा लगेर बला त्कार गर्छ । पीडित छात्राले आफ्नो साथी बिरुद्ध स्मृति नगर थानामा उजुरी दिएकी छिन् ।
आरोपी पनि नाबालिग रहेको बताइएको छ । उनको उमेर पनि १७ बर्षको रहेको छ । पुलिसले आरोपी लाई पक्राउ गरेर अनुषन्धान सुरु गरिसकेको छ । ति नाबालिग छात्राका अनुसार उनीहरुको चिनजान फेसबुकको माध्यमबाट भएको हो । ती छात्राको दोस्ती १७ बर्षका एक केटा संग भएको थियो ।
दुबै जना बीच घण्टौ सम्म मोबाइलमा कुराकानी हुने गरेको थियो । जब एक दिन उनको केटा साथीले उनलाई भेट्न बोलाए । उनीहरु दुबै जना भिलाईको सुर्या मालको तेस्रो तल्लामा बनेको स्क्यारी हाउसमा गए । त्यहाँ केटाले ती छात्रालाई भुतको डर देखाए । अध्यारोमा मौकाको फाइदा उठाउँदै उनले ती छात्रालाई बला त्कार गरे ।
पीडीत छात्राका अनुसार बला त्कार पछि केटा आफुलाई त्यही अध्यारो कोठामा छोडेर फरार भएका थिए । छात्रा भूत घरबाट बाहिर निस्किन्छीन् । त्यसपछि उनी आफ्नो घर गएर परिवारलाई यो सबै घटनाका बारेमा बताउँछिन् । पुलिसमा गएर उनीहरुले ती केटा बिरुद्ध उजुरी दिन्छन् । त्यसपछि पुलिसले ति केटालाई पक्राउ गर्न सफल भएको छ । उनी बिरुद्ध अनुषन्धान चलिरहेको प्रहरीले बताएको छ ।