लामो समयपछि काठमाडौंबाट आयो खुशीको खबर, पछिल्लो २४ घण्टामा घण्टामा काठमाडौँ उपत्यकामा घट्यो संक्रमितको संख्या — OSNepal

लामो समयपछि काठमाडौंबाट आयो खुशीको खबर, पछिल्लो २४ घण्टामा घण्टामा काठमाडौँ उपत्यकामा घट्यो संक्रमितको संख्या

LC (KTM) August 19, 2021 0

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८६७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज काठमाडौँमा ६३९ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा १२७ जना कोरोना संक्रमित थपिएका हुन् ।

हाल सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ । संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अबधीमा २१२६ जनाले कोरोना जितेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाले कोरोना कारण  ज्या न गुमा एका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर