ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टमा कोठी (वेश्यालय) सञ्चालन गरेको आरोपमा सात जना पक्राउ — OSNepal

ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टमा कोठी (वेश्यालय) सञ्चालन गरेको आरोपमा सात जना पक्राउ

LC (KTM) August 19, 2021 0

काठमाडौँ ३ भदौ । ललितपुरबाट कोठी सञ्चालक गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टबाट कोठी ९वेश्यालय० सञ्चालन भइरहेको सुचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा घर भई हाल ढल्कु बस्ने राजेश अग्रवाल, रुकुम घर भई हाल कुमारीगाल बस्ने ललिता विक, बर्दिया घर भई हाल नारायणथान बस्ने सुनील विष्ट, मकवानपुर घर भई हाल पाटन सुन्धारा बस्ने गीता खड्गी, बालाजु बस्ने क्रिष्टिना केसी, सिन्धुपाल्चोक घर भई हाल काडाँघारी बस्ने निर्मला न्यौपाने र पनौतीका प्रतिक कर्माचार्य रहेका छन् ।

भवनका चार वटा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको प्रहरीले जनाएको छ । प्रहरीले छापा मार्दा कोठाबाट यौन सम्पर्कको लागि आएका ग्राहकहरुको ठेगानासहितको लेजरबुक समेत फेला परेको छ । पक्राउ परेका सबैलाई म्याद थप गरी परिसरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर